Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अजरबैजान पठाइदिने भन्दै ३३ लाख ठगी गर्ने कन्सलटेन्सी सञ्‍चालक प्रहरी फन्दामा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको हो ।

शिवाकोटीले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइदिने भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए।

अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने,त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक-पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शिवाकोटीलाई कञ्चनपुरको गड्डा चौकीबाट नियन्त्रणमा लिएको हो। शिवाकोटीले फ्रान्स,स्पेन,युक्रेनजस्ता देशहरूमा पठाइदिने भन्दै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ।

शिवाकोटीलाई थप अनुसन्धानका तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077