Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्याण्ड पठाइदिने भन्दै ६ लाख ठगी गर्ने गिरिस पक्राउ

काठमाडौं । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय गिरिस विलास जोशीलाई पक्राउ गरेको हो।

सुस्मिता थापालाई पोल्याण्ड पठाउँछु भनेर उनले ६ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पोल्याण्ड जान ‘३० लाख लाग्छ’ भन्दै आरोपीले त्यहाँ होटलको वेटरमा जागिर लगाइदिन्छु भनेर रकम असुलेका हुन्।

उनले पोल्यान्डको प्रतिष्ठित होटलमा वेटरको काम मिलाइदिने र मासिक दुई लाख तलब पाउने प्रलोभन देखाएका थिए।

जमलबाट पक्राउ गरेर उनलाई कानूनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077