Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एटिएम फोड्न खोज्ने टीकाराम पक्राउ

पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरेको हो ।

उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077