Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्री प्रचण्डलाई बुझायो प्रतिवेदन

काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन एवं अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई बुझाएको हो । करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ ।

एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । हालसम्म कम्पनीले सेयर खरिदबिक्रीका निम्ति प्राधिकरणबाट स्वीकृति भने लिएको छैन ।

मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए ।

दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद(बिक्रीमा चलखेल गरिएको भन्दै रिोध भएको थियो । त्यसपछि सरकारले ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077