Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय

    मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषद्ले मिटरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई दिने निर्णय गरेको छ ।

    अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएसँगै मन्त्रिपरिषद्ले फर्स्योट हुन बाँकी उजुरी र नयाँ उजुरीबारे अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।



    मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले प्रहरीलाई मिटरब्याज सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्न सर्कुलर गरेको हो ।



    गृह मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरेसँगै प्रहरीले सो जिम्मेवारी पाएको हो ।

    मिटरब्याज सम्बन्धी उजुरीमा प्रहरीले ‘मिलापत्र’ पनि गराउन सक्ने व्यवस्था कार्यविधिमा भएको बताइएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा विचाराधीन रहेका उजुरी उपर अब प्रहरीले अनुसन्धान र मुद्दा दायर गर्ने कार्यविधिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार