Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने

    सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।

    सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो ।



    आज फेरि बिहान ११ बजे वार्ता हुन लागेको हो । हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताए ।



    आजको वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    मिटरब्याजपीडितहरु अधिकार सम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाण्डौ आइपुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार