Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहिद दिवसमा आज सार्वजनिक बिदा

    सहिद दिवसमा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 2.2K
    SHARES

    तनहुँ । सहिद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । माघ १६ गते मङ्गलवार सार्वजनिक बिदा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको हो ।

    नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्थालाई बिदा दिइएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुबेदीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।



    शहीद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिँदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौती भएको छ ।



    तर व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार