Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपलब्धिहरू प्राप्तिको श्रेय सहिदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

    उपलब्धिहरू प्राप्तिको श्रेय सहिदहरूलाई जान्छ : उपराष्ट्रपति पुन

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 600
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदलाई नै जाने बताएका छन् ।

    उनले सहिद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण सहिदहरुको योगदानको उच्च मूल्याङ्कन र सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका हुन् ।



    उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा संघर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।



    उनले भने “नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर सहिदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन् ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार