Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नवनिर्वाचित उपराष्ट्रपति यादवलाई निवर्तमान उपराष्ट्रपति पुनले दिए बधाई

    नवनिर्वाचित उपराष्ट्रपति यादवलाई निवर्तमान उपराष्ट्रपति पुनले दिए बधाई

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 447
    SHARES

    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन ।

    आज एक वक्तव्य जारी गर्दै उनले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गरेका हुन् ।



    उनले दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको बताएका छन् ।



    सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उनले जनाएका छन्।

    निवर्तमान उपराष्ट्रपति पुनले आगामी दिनमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार