Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ल्होसार शेर्पा समुदायको मौलिक संस्कृति हो : उपराष्ट्रपति पुन

    ल्होसार शेर्पा समुदायको मौलिक संस्कृति हो : उपराष्ट्रपति पुन

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 441
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ग्याल्पो ल्होसार शेर्पा समुदायको मौलिक संस्कृति भएकाले त्यसको संरक्षण र प्रवर्धन गर्दै मनाउन शुभकामना व्यक्त गरेका छन् ।

    पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् ।



    ‘महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको महान् चाड नयाँ वर्ष ग्याल्पो ल्होसार २१५० को अवसरमा शेर्पा दिदीबहिनी तथा दाजुभाइहरु, महायानी बौद्ध धर्मावलम्बीहरु र सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवम् राष्ट्रको निरन्तर उन्नतीको शुभकामना व्यक्त गर्दछु’ उनले सन्देशमा उल्लेख गरेका छन् ।



    हिमाली भेगमा आदिमकालदेखि बसोबास गर्दैआएको शेर्पा समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रितीरिवाज, भेषभुषासहितको विशिष्ट पहिचान रहेको उनले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार