Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपराष्ट्रपति पुन भन्छन् – क्षेत्रीहरु पनि आदिवासी हुन्, गहिरो अध्ययन गर्नुपर्छ

    उपराष्ट्रपति पुन भन्छन् – क्षेत्रीहरु पनि आदिवासी हुन्, गहिरो अध्ययन गर्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् ।

    शनिबार काठमाडौंको कलंकीमा रहेको नेपाल मगर संघको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे । आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि उनको भनाई छ ।



    संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनले बताए ।

    उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार