Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साउदी क्लब अल हिलालसँग मेसीको इन्टर मियामी हार्‍यो

एजेन्सी । क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालसँग लियोनेल मेस्सी सम्मिलित इन्टर मियामी पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा अल हिलालले इन्टर मियामीलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा अलेक्सान्डर मिट्रोभिक, अब्दुल्लाह अल हामदान, माइकल र माल्कमले एक एक गोल गरे।

इन्टर मियामीका लागि लुइस स्वरेज, लियोनेल मेस्सी र डेभिड रुइजले एक/एक गोल गरे ।

हाल साउदी भ्रमणमा रहेको इन्टर मियामीले अब फेब्रुअरी १ मा क्रिस्टियानो रोनाल्डोको क्लब अल नासरसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077