Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेरि पक्राउ परे युट्युबर मनोज मानव

काठमाडौं । प्रहरीले युट्युबर मनोजकुमार महतो 'मनोज मानव' लाई फेरि पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले मानवलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो।

उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो।

मानव यसअघि पनि चरित्र हत्याकै कसुरमा पक्राउ परेका थिए।

उनलाई ब्युरोले गत कात्तिक २३ गते पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077