Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई १० वर्ष कैद फैसला

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद फैसला भएको छ ।

राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा पाकिस्तानी अदालतले खानलाई उक्त फैसला सुनाएको हो ।

पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ।

पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता इमरान खानलाई अगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077