Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न ७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्।

अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077