Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार पठाइदिन्छु भन्दै तीन लाख लिएर फरार भएका मनोजकुमार पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका सिरहाको विष्णुपुर गाउँपालिका–२ का २४ वर्षीय मनोजकुमार साहलाई प्हरीले पक्राउ गरेको हो ।

उनले २ लाख ९० हजार रुपैयाँ लागतमा कतार पठाउँछु भन्दै डम्बर कुमार पाहिकबाट रकम लिएर फरार भएका थिए।

मासिक ४५ हजार तलब हुने भनेपछि डम्बरले साहलाई २ लाख ९० हजार दिएका थिए। तर त्यसपछि उनी फरार भएका थिए।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इमाडोलबाट पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077