Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

देउवाले मनोनीत गरे लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा चार सदस्य

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा रहेको महासंघमा चार जना सदस्य मनोनीत गरेका हुन्।

सभापति देउवाले बाराका अमिर लामा मोक्तान, सिन्धुलीका अर्जुनकुमार गुरूङ, चितवनकी इन्द्रमाया लामा र धादिङका सानुराम घलेलाई सदस्य मनोनीत गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

ओमबहादुर घर्तीमगरको अध्यक्षतामा सो महासंघको केन्द्रीय तदर्थ कार्यसमिति छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077