Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर

काठमाडौं । नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार सफाइ दिन अस्वीकार गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू डा. कुमार चुँडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो ।

नक्कली बिलबिजक बनाएर कर छलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण, जरिवाना र ब्याज गणनालाई २८ पुस, २०७६ मा सर्वोच्च अदालतले सदर गरेको थियो ।

राजस्व न्यायाधिकरणको फैसला तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कम्पनीको दाबी अस्वीकार गर्दै भ्याट छलीमा दोषी ठहर गरेको थियो ।

इजलासले शङ्कर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको थियो ।

सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदर गर्दै कम्पनीहरूलाई दोषी ठहर गरेको थियो । अब दुई तहबाट फैसला भएकाले भाटभटेनी डिपार्टमेन्ट स्टोरले राजश्व ब्याज र जरिवानासहित बुझाउनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077