Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा वडा नम्बर ८ को कालागाउँकी १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् ।

दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नम्बर २ को कटौजपानीमा दुर्घटनमा परेको हो ।

जिपमा चालकसहित ८ जना सवार रहेको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077