Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपाली सेनाका चारजना कर्मचारी कारबाहीका लागि सिफारिस

    नेपाली सेनाका चारजना कर्मचारी कारबाहीका लागि सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै नेपाली सेनाका चारजना कर्मचारीलाई कारबाही गर्न मानव अधिकार आयोगले सिफारिस गरेको छ ।

    आयोगले यो आर्थिक वर्षमा सम्पादन भएका कामहरु सार्वजनिक गर्दै यस्तो सिफारिस गरेको हो ।



    कारबाहीको सिफारिसमा पर्नेहरुमा सेनानी कृष्णमुरारी न्यौपाने, सेनानी सुरत रावल, सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दीनेश थापा रहेका छन् ।



    यस्तै मानव अधिकार उल्लंघन गरेको आरोपमा कारबाही सिफारिस पर्नेहरुमा सबैभन्दा बढी नेपाल प्रहरीका कर्मचारीहरु छन् । आयोगका अनुसार एसएसपीदेखि ३२ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार