Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ मेसिन हस्तान्तरण

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट रिड गर्नेरेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन (आरएफआईडी) नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने ५ थान  आरएफआईडी मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तरगत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरे । हाललाई ५ थान हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले जनाएको छ।

सवारी साधनमा इम्बोर्डस प्लेट जडान गरेसँगै सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077