Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल चोरेर बेच्ने र किन्ने ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन् ।

मंगलबार काठमाडौँकोबाट ट्राफिक प्रहरीले मोटरसाइकल चोरीको आरोपमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ का २४ वर्षीय सुरेश विश्‍वकर्मा र तेमाल गाउँपालिका–६ का ३० वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा वाग्मती प्रदेश ०२–०४१ प ००८६ नम्बरको मोटरसाइकल काठमाडौंको टोखाबाट हराएको निवेदन परेको थियो ।

ट्राफिक प्रहरीले वास्तविक नम्बर परिवर्तन गरी प्रदेश २–०३–००८ प ४२ ४८ नम्बर राखेर चलाइरहेको अवस्थामा सुरेशलाई काठमाडौं महानगरपालिका–१६ स्थित पुरानो गंगाहल नजिकैबाट नियन्त्रणमा लिएको जनाएको छ ।

अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल जितेन्द्रमार्फत विश्‍वकर्माले खरिद गरेको खुलेपछि आएपछि तामाङलाई पनि काठमाडौंको थापाथलीबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077