Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री श्रेष्ठलाई रविको प्रश्न - जिबी राईलाई समात्न किन नसकेको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले सहकारी समस्या समाधानको कामलाई महत्व नदिएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँको स्वयम्भूमा आयोजित रास्वपा कर्णालीको चियापान कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री रविले सो आरोप लगाएका हुन् ।

उनले गृहमन्त्रीले नै सहकारी समस्या समाधानका लागि काम गर्नुको साटो आफूलाई दुःख दिने काम गरेको आरोप लगाए ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी पीडितहरुलाई न्याय दिन छाडेर आफूमाथि पूर्वाग्रह साँधेको आरोप लगाए ।

‘मेरो लागि खर्चिएको समय पीडितका लागि खर्चिएको भए पीडितलाई न्याय दिन सकिन्थ्यो,’ रविले भने, ‘अझै पनि आडिया चाहिन्छ भने सम्पर्क राख्नुहोस् हामी भन्दिन्छौँ। सहकार्य गर्ने हो भने हामी तयार छौँ।’

उनले पूर्वउपप्रधानमन्त्रीलाई समाउने सरकारले जिबी राईलाई किन समात्न नसकेको भन्दै गृहमन्त्रीलाई प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077