Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बचतकर्ताको २६ करोड ठगेको भन्दै कान्ति भैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । कान्ति भैरव सहकारीविरुद्ध बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको काल भैरव सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध २५ करोड ९४ लाख ९६ हजार ८ सय ९४ रुपैयाँ ठगी गरेको आरोप लगाइएको हो ।

बचतकर्ताले दिएको जाहेरीका आधारमा प्रहरीले कान्ति भैरव सहकारीका ९ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवंम् सल्लाहकार प्रेम श्रेष्ठ, कोषाध्यक्ष तथा संयोजक सेरलाल श्रेष्ठ, सहप्रबन्धक राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रामेश्वर श्रेष्ठ, सचिव तथा प्रबन्धक रामदत्त श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, लेखा समितिका संयोजक चन्द्रप्रसाद पौडेलविरुद्ध ठगीको मुद्दा दायर गरिएको छ।

पीडित बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा ब्याज पाउँ भन्दै पटक–पटक सहकारीमा गएर माग गर्दा समेत नदिएपछि उजुरी दिएका हुन् ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) को ठगी गर्न नहुने अन्तगर्तको कसुरमा मुद्दा दर्ता गरिएको छ।

जसमा ठगी रकम बराबरको बिगो कायम गर्दै ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077