Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खैरो हेरोइनसहित पर्साबाट ३ जना पक्राउ

वीरगन्ज । लागूऔषध खैरो हेरोइनसहित पर्साबाट ३ जना पक्राउ परेका छन्।

प्रहरी चौकी बसपार्क तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०० ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका-५ बस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेल रहेका छन् ।

विशेष सूचनाका आधारमा चलाइएको छड्के जाँचका क्रममा वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डबाट तीनै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रामबली महतोको ज्याकेट खल्तीबाट ५० ग्राम र मनोहर महतोको खल्तीबाट ५० ग्राम खेरौ हेरोइन फेला परेको पर्सा हो ।

पक्राउ परेका तिनै जनामाथि लागूऔषध सम्बन्धीको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077