Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माल्टा पठाइदिने भन्दै ६ लाख लिएर सम्पर्कविहीन भएका गुरूङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिने भन्दै लाखौं ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरूङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयलेले गुरूङलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

पीडित दिपक कडेंललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने, त्यसका लागि ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ प्रतिष्ठित होटलमा काम लगाइदिने भन्दै प्रलोभनमा पारी उनीबाट ६ लाख १८ हजार रुपैयाँ लिइ गुरुङ फरार भएका थिए।

आफू ठगिएको थाहा पाएपछि पीडित कडेंलले गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गुरूङलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077