Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुहारीको हत्या आरोपमा सासू पक्राउ, श्रीमान् र ससुरा फरार

सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो ।

पूजादेवी मङ्गलबार बेलुका आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको शरीरमा चोटपटक रहेको बताएपनि थप विवरण भने खुलाएको छैन ।

मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077