Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बुहारीको हत्या आरोपमा सासू पक्राउ, श्रीमान् र ससुरा फरार

    बुहारीको हत्या आरोपमा सासू पक्राउ, श्रीमान् र ससुरा फरार

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 651
    SHARES

    सर्लाही । सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो ।

    पूजादेवी मङ्गलबार बेलुका आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको शरीरमा चोटपटक रहेको बताएपनि थप विवरण भने खुलाएको छैन ।



    मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।



    घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार