Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, राजस्व छलीको आरोप

जनकपुरधाम । जनकपुरधामका चारजना सुनचाँदी व्यवसायी पक्राउ परेका छन् ।

राजस्व छली गरेको आरोपमा बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजना पक्राउ परेका हुन् ।

चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको छ ।

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि अरू व्यवसायीहरू पसल बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077