Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

‘मसानघाट’ पुगिसकेको राजतन्त्र कुनै हालतमा फर्किदैन : माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरेका छन् ।

जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको समुद्घाटन गर्न जनकपुरधाम पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे ।

राजतन्त्र फर्काउन पनि नदिने उनको भनाई थियो । अध्यक्ष नेपालले राजतन्त्र फर्कने सम्भावना नरहेको बरु गणतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077