Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

    सरकारी जग्गा कब्जा गरेको प्रकरणमा विनोद चौधरीका भाइ पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 954
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद एवं उद्योगपति  विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेको छ ।

    बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा सीआईबीले अरुणलाई पक्राउ गरेको हो।



    सीआईबीले अरुणलाई पक्राउ गरेर आफ्नो कार्यालयमा पुर्‍याइसकेको स्रोतले बतायो ।



    सीआईबीको टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

    अरुण सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार