Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सीआईबीमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

    सीआईबीमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 513
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका उडेका छन् ।

    बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।



    स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्।



    चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो ।

    सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

    चौधरीले भने इन्कारी बयान दिएका छन्। उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको दाबी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार