Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • विनोद चौधरीको कम्पनीमा भारतीय आयकर विभागले हान्यो छापा

    विनोद चौधरीको कम्पनीमा भारतीय आयकर विभागले हान्यो छापा

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । नेपालका एकमात्र खर्बपति विनोद चौधरीको भारतमा रहेका कम्पनीहरुमा आयकर विभागको टोलीको छापा छापा हानेको छ ।

    चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको हो।



    गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको बताईएको छ । चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही सुरु गरेको हो ।



    आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्।

    जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्। असम बाहेक कोलकाता, सिक्किम, राजस्थान र केही अन्य राज्यहरूमा पनि आयकरका छापाहरू भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार