Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युरोप पठाइदिने भन्दै ६ सय जनाभन्दा बढीबाट करोडौं ठग्ने तामाङ पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

उपत्यका अनुसन्धान कार्यालयले ललितपुर लेलेबाट विकाश वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको हो ।

तामाङले युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरी अनुसनधानबाट खुलेको छ ।

तामाङले युरोप पठाईदिने भन्दै ६९ करोड ठगीगरेर फरार भएका थिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए ।

उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ।

यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077