Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अरुणपछि बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापा पनि पक्राउ

    अरुणपछि बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापा पनि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाका तत्‍कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण चौधरीपछि सीआईबीले थापालाई पनि पक्राउ गरेको हो ।



    सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी चौधरीलाई पनि पक्राउ गरेको छ ।



    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ।

    सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

    थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरी ग्रुपले च्याम्पियन सु फ्याक्ट्रीका नाममा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार