Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाँसबारी जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या तीन पुग्यो

    बाँसबारी जग्गा प्रकरण : पक्राउ पर्नेको संख्या तीन पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

    सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।



    उनलाई सिआइबीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। त्यसअघि सिआइबीको टोलीले व्यवसायी अरूण चौधरी र कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।



    थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

    उनीहरूलाई प्रहरीले ठगी र किर्ते कसुरमा म्याद थप गर्न सरकारी वकिलको कार्यालय काठमाडौंबाट जिल्ला अदालत लग्ने तयारी गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार