Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाँसबारी जग्गा प्रकरण

    व्यवसायी अरूण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्‍याइयो

    व्यवसायी अरूण चौधरीलाई सरकारी वकिल कार्यालय पुर्‍याइयो

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

    बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सरकारी वकिल कार्यालय लगेको हो ।



    चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पनि पक्राउ परेका छन् ।



    महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी नाममा छ र उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन भइरहेको छ ।

    सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना भएको भन्दै काठमाडौं महानगरपालिकाको ३ नम्बर वडा कार्यालय, तत्कालिन वडाध्यक्ष र ४८ जना स्थानीय बासिन्दाले प्रहरीमा जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार