Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झारखण्डका मुख्यमन्त्री हेमन्त पक्राउ

एजेन्सी । झारखण्डका मुख्यमन्त्री हेमन्त सुरेन पक्राउ परेका छन्।

भारतको सुशासनसँग सम्बन्धित प्रवर्तन निर्देशनालय (ईडी)ले मुख्यमन्त्री सुरेनलाई पक्राउ गरेको हो।

सरकारी जग्गा व्यक्तिको नाउँमा पुर्‍याउन भूमाफियालाई साथ दिएको आरोपमा उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।

पक्राउ पर्नुअघि बुधबार नै उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

उनको राजीनामापछि चम्पाई सोरेन झारखण्डका मुख्यमन्त्री नियुक्त भएका छन्।

इडीका अधिकारीहरूले दिल्लीस्थित हेमन्त सोरेनको घरबाट ३६ लाख र बिएमडब्लुकार बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077