Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने नापी अधिकृतसहित तीनजना दोषी ठहर, ३ महिना कैद

काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न भएको आरोप तीन जनालाई दोषी ठहर गरेको छ ।

टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना कैदको सजायसमेत सुनाएको हो ।

दोषी ठहर हुनेमा नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक रामराज यादव र जग्गाधनी मुना पासवान रहेका छन् । उनीहरु रुपेन्देहीको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा संलग्न थिए ।

यस्तै अदालतले व्यक्तिको नाममा ल्याइएको रुपन्देहीको खड्वा बनगाई वडा नम्बर ४ को उक्त सरकारी जग्गा पनि जफत हुने फैसला गरेको छ ।

साथै अदालतले यो प्रकरणमा संलग्न अन्यमाथि अनुसन्धान नभएको भन्दै अभियोजन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश पनि जारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077