Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाँसबारी जग्गा प्रकरण

    अरूण चौधरी र अजितनाराण अस्वस्थ, चिरायु अस्पतालमा भर्ना

    अरूण चौधरी र अजितनाराण अस्वस्थ, चिरायु अस्पतालमा भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उनीहरु महराजगञ्जस्थित अस्पताल भर्ना भएका हुन् । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।



    अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको हो । पक्राउका थापाको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको बताइएको छ ।



    पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई शुक्रबार अदालतमा उपस्थित गराएर म्याद थप गर्ने सीआईबीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार