Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोनाल्डोको अल नासरसँग मियामीको लज्जास्पद हार

एजेन्सी । लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको छ ।

साउदी अरेबियामा‌ बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले‌ मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।

अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए ।

मेसी र रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरूको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले खेलेनन् । मेसी पनि‌ अन्तिम सात मिनेट मात्र मैदान प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077