Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

एजेन्सी । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ ।

इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो ।

यो फिर्ता स्थायी हो वा इजरायली सेनाको स्थानान्तरणमात्र हो भन्ने स्पष्ट पारिएको छैन ।

इजरायली फिर्तापछि दर्जनौं नागरिक आफ्ना घरहरू निरीक्षण गर्न ती क्षेत्रहरूमा गएका थिए ।

केहीले इजरायली सेनाद्वारा मारिएका प्यालेस्टिनीहरूको शव लिएका थिए ।

इजरायल र हमास बीचको वार्तामा प्रगति भएको संकेतपछि यो फिर्ता आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077