Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव दोषी ठहर, ६ लाख रुपैयाँ जरिवाना

    घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव दोषी ठहर, ६ लाख रुपैयाँ जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 456
    SHARES

    काठमाडौं । घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।

    विशेष अदालतले उपसचिव नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको हो। यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ ।



    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेका हुन् ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।

    एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए ।

    तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइदिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएका थिए । सोही क्रममा घुस लिँदालिँदै नेपाल पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार