Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेबाट लोकतन्त्रमाथि खतरा छ, सत्ता गठवन्धनका दलहरु मिलेर जानु पर्छ : माधव नेपाल

दाङ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट लोकतन्त्रमाथि खतरा रहेको दाबी गरेका छन् ।

दाङको लमहीमा भएको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षाका लागि गठवन्धनको आवश्यकता अझै रहेको बताउँदै यस्तो दावी गरेका हुन् ।

उनले नेपालको लोकतन्त्रको रक्षाका लागि अझै पनि सत्ता गठवन्धनका दलहरु मिलेर र एकता कायम राखेर जान जरुरी रहेको बताए ।

उनले लोकतन्त्रवादीहरु एकजुट भएर सजग हुनुपर्ने बताए । नेपालको लोकतन्त्र रक्षाका लागि गठवन्धन बनेको भन्दै यो लामो समय जानुपर्ने आवश्यकता रहेको र जाने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077