Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज सिन्धुली जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज सिन्धुली जाँदैछन् ।

दुधौली नगरपालिकामा निर्माण सम्पन्न भएको नगर अस्पताल समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सिन्धुली जान लागेका हुन् ।

सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा १५ बेडको आधारभुत अस्पतालहरु निर्माण गर्ने नितिगत निर्णय गरे अनुसार दुधौली नगरपालिकाले निर्माण गरेको २५ बेडको नगर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सिन्धुली आज लागेको बताइएको छ ।

दुधौली नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिनेश अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले शनिवार बिहान ११ बजे अस्पताल भवनको उद्घाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077