Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

जिल्लाको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासे रहेका छन् ।

घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

जीप करिब दुई सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077