Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारी ठगीमा दोषी देखिए मलाई कारबाही गरे हुन्छ : रवि लामिछाने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारी ठगीमा दोषी देखिए कारबाही गर्न माग गरेका छन् ।

शनिबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता देखाउन सरकारलाई चुनौतीसमेत दिए । आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको उनको भनाई छ ।

आरोप लाग्दैमा प्रमाणित भएजसरी बुझ्ने परिपाटी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077