Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा युवकले गरे आफ्नै सहकर्मीको हत्या

झापा । झापामा एकजना श्रमिकको हत्या भएको छ । जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या भएको हो ।

सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भइ सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

तर थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान उनको उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077