Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • झापामा युवकले गरे आफ्नै सहकर्मीको हत्या

    झापामा युवकले गरे आफ्नै सहकर्मीको हत्या

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    झापा । झापामा एकजना श्रमिकको हत्या भएको छ । जिल्लाको बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या भएको हो ।

    सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भइ सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेको झापा प्रहरीले जनाएको छ ।



    शुक्रबार साँझ पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।



    तर थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान उनको उपचारको क्रममा मृत्यु भएको हो ।

    कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार