Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको सुझाव - देश राम्रोसँग नचलेको भए चुनाव जितेर प्रधानमन्त्री बने हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो सुझाव दिएका हुन् । उनले शासन प्रणाली ठीक ढंगले चलेको छैन र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भएर चुनाव लड्न र प्रधानमन्त्री बन्न सुझाव दिए ।

अध्यक्ष नेपालले भने,‘यदि राज्य शासन प्रणाली ठीक ढंगले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ, चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न चाहनुहुन्छ भने आउनुस् ।’

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा भाषण गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले देशको अवस्था नियालिरहेको र जनता सन्तुष्ट नरहेको पाएको धारणा राख्दै आएका छन् ।

सत्ता साझेदार दलका अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको पनि बताए । अहिलेका समस्या समाधान गर्न गम्भीर विचार मन्थन जरुरी रहेको भन्दै उनले असन्तुष्ट भएर मात्र समस्या समाधान नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077